प्रदेश सरकार
यातायात व्यवस्था तथा सञ्‍चार मन्त्रालय
कोशी प्रदेश, विराटनगर
पृष्ठभूमि

.......

नेपालको संविधान, २०७२ बमोजिम देशलाई सङ्घीय ढाँचामा पुनर्संरचना गर्ने उद्देश्यका साथ स्थापना भएको ७ वटा प्रदेशमध्ये यो प्रदेश नं. १ नेपालको पूर्वी भागमा अवस्थित छ । प्राकृतिक, जैविक, भौगोलिक, सांस्कृतिक तथा जातजाति विविधताले भरिएको यो प्रदेशमा विश्‍वको सर्वोच्च शिखर सगरमाथादेखि देशकै होचो स्थान केचनाकवल रहेको छ ।

प्रदेश सरकार सञ्‍चालनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र १२ वटा मन्त्रालयहरू स्थापना भएका छन् ।  यस यातायात व्यवस्था तथा सञ्‍चार मन्त्रालयको स्थापना वि.सं. २०७८ माघ २३ गते भएको हो । प्रदेशस्तरको यातायात सम्बन्धी नीति, कानून, मापदण्ड र योजनाको तर्जुमा तथा कार्यान्वयन, अध्ययन, अनुसन्धान तथा नियमनका साथै प्रदेशभित्रको सवारी दर्ता र नवीकरण, सार्वजनिक यातायातको रुट निर्धारण गर्नुका साथै सञ्‍चार माध्यमको दर्ता, अनुमति, अभिलेख, वर्गीकरण, आचारसंहिता र अनुगमन लगायतका कार्यहरू सम्पन्‍न गर्ने उद्देश्य साथ स्थापना भएको हो ।

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. प्रदेश नं. १, नेपाल.